सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

२०७८ साउन १५, ०८:४४ खबर संवाददाता

धनगढी: जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्।

अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका हुन्। अस्पतालका अनुसार पछिल्लो समय बढीजसो भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरु आउने गरेका छन्।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका हुँदा झोलीलो पदार्थ बढी खान, पानी उमालेर प्रशस्त मात्रामा पिउन, व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका छन्।
 

कमेन्ट लोड गर्नुस