सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुको सडक बन्द गर्ने चेतावनी

२०७८ साउन १५, ०८:२१ खबर संवाददाता

धनगढी: बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुले सडक बन्द गर्ने चेतावनी दिएका छन्।

जिल्लाको पाटन नगरपालिका -८ का प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुले सम्झौताअनुसारको रकम नपाएको भन्दै सडक बन्द गर्ने चेतावनी दिएका हुन्। गत बुधबार कार्यपालिकाको बैठक बसी विवादित योजनाहरुको पुनर्मूल्याकंन गर्ने र सोहीअनुसार भुक्तानी दिने निर्णय गरिएको थियो। तर उक्त निर्णय कार्यान्वयन नभएको मजदुरहरुको भनाइ छ।

एक महिनाभित्रै सम्झौता अनुसारको रकम पाउनुपर्ने उनीहरुको माग छ। नगरपालिकाले आफूहरुका मागलाई गम्भीर रुपमा नलिए, भनिएको समयमा रकम निकासा नगरे खोडपेमा सवारी साधन बन्द गर्ने चेतावनी दिएका हुन्। उनीहरुले यसअघि ८ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए, जुन अझैँ यथावत नै छ। 
 

कमेन्ट लोड गर्नुस