सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद

२०७८ साउन १४, १०:४५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट गड्डाचौकी, थापाचोक, पुनर्वास र पशुपतिटोलबाट खटिएको मोबाईल तथा पैदल गस्ति टोलिले सामान बरामद गरेको हो।

निषेधाज्ञा उल्लघंन गरी अबैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अन्दाजि २ लाख ८ हजार ४ सय २५ मुल्य बराबरको सुर्ति, बिडी, किराना सामान, कस्मेटिक सामान, ईलेक्ट्रिक सामान, मोटरसाइकल, युरिया मल, थान कपडा तथा तयारी कपडा लगाएतका सामान बरामद गरेको गणले जनाएको छ। 

बरामद गरिएका सामान आवश्यक कानूनी कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईए गणले बताएको छ। 

कमेन्ट लोड गर्नुस