सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेलाई अर्थमन्त्रालयको स्पष्टीकरण

२०७८ साउन १४, ०९:०४ रासस

काठमाडौँ: अनाधिकृतरुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ।

साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले आज स्पष्टीकरण सोधेको छ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ। मन्त्रालयले आजै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै स्पष्टीकरण सोधेको थियो।

कमेन्ट लोड गर्नुस