सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा सङ्क्रमणमुक्त हुने दर घट्दो

२०७८ साउन १४, ०८:२० रासस

काठमाडौँः कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो। यही साउन ८ गते सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा आज यो दर ९४.१ प्रतिशत पुगेको छ। यही साउन ८ गते एक हजार ६७८ जना सङ्क्रमणमुक्त भई घर फर्किएका थिए।

यसैगरी यही साउन ९ गते ९४.५ प्रतिशत अर्थात दुई हजार १९७, साउन १० गते ९४.६ प्रतिशत अर्थात दुई हजार ५०, साउन ११ गते ९४.५ प्रतिशत अर्थात एक हजार ६८५, साउन १२ गते ९४.४ प्रतिशत अर्थात एक हजार ७७८, साउन १३ गते ९४.३ प्रतिशत अर्थात एक हजार ९९३ र साउन १४ गते एक हजार ३७३ जना सङ्क्रमणमुक्त भई घर फएका छन्। 

जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले सङ्क्रमित बढिरहेकाले सङ्क्रमणमुक्त हुने दर घटेको बताए। उनले भने, “सङ्क्रमित हुनेको सङ्ख्याको अनुपातमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या कम देखिएकाले यो दर घटेको हो।” 

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ३६५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस