सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १० लाख बराबरको अवैध चिनीसहित ट्रक बरामद

२०७८ साउन १४, ०७:१९ रासस

कञ्चनपुर: कञ्चनपुरमा १० लाख बराबरको अवैैध चिनीसहित ट्रक बरामद गरिएको छ। 

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १० स्थित दैजी बेल्डाँडी सडक खण्डमा बेल्डाँडीबाट दैजीतर्फ आउँदै गरेको ट्रकसहित ९ लाख ९९ हजार पाँच सय बराबरको चिनी बरामद गरिएको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले भरत बिष्टले चलाएको सु.प.प्र. ०१००१ क १९०१ नम्बरको ट्रकसहिते चिनी बरामद गरेको हो। 

३ लाख १८ हजार पाँच सय बराबरको चिनि र ओसारपसार गर्न प्रयोग भएका ट्रक ६ लाख ८१ हजार बराबर रहेको प्रहरीले जनाएको छ। 

चालक बिष्टसहित चिनी र ट्रक आवश्यक कार्वाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस