सुदूर नेपाललाई विश्वसँग जोड्दै

'राज कुन्द्रा शिल्पासँगको सम्बन्धबाट खुसी थिएनन्, उनले मलाई पनि यौन शोषण गरे'

२०७८ साउन १४, ०५:४० खबर संवाददाता

एजेन्सी: बलिउड मोडल तथा नायिका शर्लिन चोपडाले ‘पोर्न फिल्म’को आरोपमा पक्राउ परेका राज कुन्द्रा र उनकी पत्नी नायिका शिल्पा शेट्टीबीच सम्बन्ध राम्रो नभएको बताएकी छन्।

शर्लिनले मुम्बई प्रहरीमा दिएको उजुरीमा राजले शिल्पासँग आफ्नो सम्बन्ध राम्रो नभएको कुरा उनीसँग खुलाएको बताएकी छन्। राजले आफूलाई घरमै आएर यौन दुर्व्यवहार गरेको समेत उनले आरोप लगाएकी छिन्।

शर्लिनले अदालतमा दिएको निवेदनमा आफूलाई पनि राज कुन्द्रालाई जस्तै गिरफ्तार गरिने डर भएको बताएकी थिइन्। अदालतले २८ जुलाइमा शर्लिनलाई गिरफ्तारीविरुद्ध सुरक्षा प्रदान गरेको छ।

कमेन्ट लोड गर्नुस