सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका ५ स्थानीय तहको सेवा भाडाकै भवनबाट

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १४, ०५:४० खबर संवाददाता

बझाङः बझाङका अधिकांस स्थानीय तहहरु अझै पनि भाडाकै भवनको भरमा चलिरहेका छन्। प्रशासनिक भवन निर्माण गर्न नसक्दा स्थानीय तहले अझै भाडाकै भवनको भर पर्नुपरेको हो। जिल्लामा जम्मा १२ स्थानीय तह छन्। जसमध्ये जयपृथ्वी नगरपालिका, तलकोट र छविसपाथिभेरा गाउँपालिकाले मात्र आफ्नै भवनबाट सेवा दिइरहेका छन्। खप्तडछान्ना, थलारा र वित्थडचिर गाउँपालिकाको भवन निर्माणाधिन अवस्थामा छन्। 

सुर्मा, साइपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारीसमेत गरेका छैनन्। दुर्गाथली, मष्टा र केदारस्युँ गाउँपालिकाले साविकका गाविस भवनबाट सेवा दिँदै आएका छन्। वित्थडचिर गाउँपालिका देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनबाट सेवा प्रवाह गर्दैछ भने थलारा, सुर्मा, साईपाल, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले भाडाका भवनबाट सेवा दिइरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस