सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा साउन १७ देखि भेरोसेल खोप लगाइने

२०७८ साउन १४, ०४:०२ खबर संवाददाता

बैतडीः बैतडीमा साउन १७ गतेदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। स्वास्थ्य कार्यालय बैतडीले खोप कार्यतालिका प्रकाशन गरेर साउन २१ गते सम्म खोपको पहिलो मात्रा लगाइने जनाएको हो।

खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका छन्। ठूलो वडामा आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

५५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापकहरु, कर्मचारी, सवारी साधनका चालक र सहचालकहरुलाई खोप लगाइने स्वास्थ्य प्रमुख भट्टले बताए। 


 

कमेन्ट लोड गर्नुस