सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पौने ३ लाखको चिनी बरामद

२०७८ साउन १४, ०२:४० खबर संवाददाता

धनगढी : कञ्चनपुरमा पौने ३ लाख बराबरको चिनी बरामद गरिएको छ। बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको हो। 

४२ क्वीन्टल चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।

कमेन्ट लोड गर्नुस