सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकी नाकामा सुरक्षाकर्मीबाटै महिलामाथि दुर्व्यवहार (भिडिओसहित)

२०७८ साउन १४, १२:५० खबर संवाददाता

धनगढीः कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा एक महिलामाथि दुर्व्यवहार भएको छ। भारतबाट नेपाल फर्किने क्रममा सीमामा खटिएका नेपाली सुरक्षाकर्मीबाटै महिलामाथि दुर्व्यवहार भएको हो।

हिजो साउन १३ गते गड्डाचौकी पिल्लर नम्बर सात नजिकै सीमामा खटिएका एक शसस्त्र प्रहरी जवानले भीमदत्त नगरपालिका १० की एक महिलामाथि दुर्व्यवहार गरेको बताईएको छ।

साईकल मर्मत गर्नका लागि बनवासा जादै गर्दा महिलाले आफूमाथि दुव्र्यवहार भएको बताएकी छन्। आफूले बोकेको झोला खोसेर साईकल लछारपछार गर्दै दुर्व्यवहार गरेको उनले बताईन्।

यता सीमामा खटिएका प्रहरीले महिलाले साईकल क्यारिङ गर्न गईरहेको बताएको तर, हाल साईकलमा क्यारिङ गर्न बन्द गरिएकाले उनलाई सम्झाउन खाज्दा त्यस्तो घटना भएको बताएको छ। दुर्व्यवहार भने नभएको प्रहरीको भनाई छ।

 

कमेन्ट लोड गर्नुस