सुदूर नेपाललाई विश्वसँग जोड्दै

पैसा उठाएको भन्दै बैतडी पाटनका प्राविधिक चन्दको सेवा रद्ध

२०७८ साउन १३, ०७:०० खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिकाले रोजागार शाखामा कार्यरत प्राविधिक सम्राट चन्दको करार सेवा रद्ध गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ठाउँमा उपभोक्ताबाट पैसा उठाएको, कामको सही मूल्यांकन नगरेको लगायतका गुनासा आएपछि कार्यपालिका बैठकले सो निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए। 

पाटन नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न वडामा सञ्चालित योजनामा प्राविधिक चन्दले पैसा नदिएको ठाउँमा कामको सही मूल्यांकन नगरेको आरोप लागेको छ। 

कमेन्ट लोड गर्नुस