सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ३ किलो यार्सागुम्बासहित एक जना पक्राउ

२०७८ साउन १३, ०६:०४ खबर संवाददाता

धनगढीः दार्चुलामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय ग्रेससिंह कुँवरलाई ३ किलो यार्सागुम्बासहित पक्राउ गरिएको हो। 

कागजपत्र नभएको अवस्थामा यार्सागुम्बा फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस