सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियारको छापा

२०७८ साउन १३, ०५:५९ खबर संवाददाता

कञ्चनपुर:  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ। बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेको हो। 

आर्थिक वर्ष २०७७/७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा अख्तियारका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए। 

‘सडक पूर्वाधारका काम सम्पन्न नहुँदै भुक्तानी दिएको भन्ने उजुरीको आधारमा हाम्रो टोलीले नगरपालिकामा छापा हानेको हो। अहिले पनि टोलीले नगरपालिकामा अनुसन्धान गरिरहेको छ। केही कागजात नियन्त्रणमा लिएको छ’ उनले भने।

कमेन्ट लोड गर्नुस