सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

२०७८ साउन १३, ०३:११ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  

भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।    

धामीलाई जिल्ला अदालतले २०६१ माघ १७ गते २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। 

त्यसपछि फरार रहेकी उनलाई मंगलबार पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए।                     

कमेन्ट लोड गर्नुस