सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ का विद्यार्थीलाई कोरोना खोप लगाउन सुझाव

२०७८ साउन १३, ०१:२५ खबर संवाददाता

धनगढीः संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना बिरूद्दको खोप लगाउन सुझाव दिएको छ। बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड बारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२  को परीक्षा सहज रूपमा सञ्चालन गर्न खोपका लागि पहल गर्ने उल्लेख गरिन्। 

यही साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न निर्देशन दिइन्। उनले  छलफलमा सहभागी शिक्षा मन्त्रालयका पदाधिकारीलाई यस्तो निर्देशन दिएकी हुन्।

कमेन्ट लोड गर्नुस