सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरीमा भेटियो आमा, छोरा र छोरीको शव

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १३, १२:२३ खबर संवाददाता

काठमाडौं: सर्लाहीको ब्रहृमपुरी गाउँपालिका-३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ।

स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिए।

रिकेवादेवी गएराति नाबालक छोरा-छोरीसहित घरबाट निस्किएकी थिइन्। तीनैजनाको शव बुधबार बिहानपख सूर्यवंश चौधरीको निजी पोखरीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव निकालेर पोष्टमार्टमका लागि मलंगवा पठाइएको र अनुसन्धान पनि जारी राखेको एसपी राठोरले बताए।

श्रीमती र बच्चा खोज्न भनेर घरबाट निस्किएका रिकेवादेवीका श्रीमान सञ्जीव पनि अहिलेसम्म सम्पर्कमा नआएको एसपी राठोरले बताए।

कमेन्ट लोड गर्नुस