सुदूर नेपाललाई विश्वसँग जोड्दै

मापसे गरेर चलाएको ट्रकले मोटरसाइकल ठोक्यो, श्रीमान–श्रीमतीको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १३, ११:३८ खबर संवाददाता

धनगढीः मापसे गरेर चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ। झापाको दमकमा चालकले मादक पदार्थ सेवन गरेर चलाएको ट्रक दुर्घटना हुँदा मंगलबार राति श्रीमान–श्रीमतीको मृत्यु भएको छ। 

इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा  दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका–३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालक विराटनगर महानगरपालिका–४ का ४८ वर्षीय सुजन थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस