सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबी बैंकको अटो लोन

२०७८ साउन १३, ०९:५० खबर संवाददाता

काठमाडौं : एनएमबी बैंकले सर्वाधिक सस्तो र फिक्स्ड ब्याजदरको अटो लोन ल्याएको छ।

अटो लोनअन्तर्गत बैंकले प्रतिवर्ष ८ दशमलव ४९ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ ।यो कर्जा २४ घन्टाभित्र प्रवाह गरिने बैंकले बताएको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल योजना अघि सारिएको बैंकको भनाइ छ ।

विद्युतीय गाडीको हकमा भने बैंकले बेस रेटमै कर्जा दिँदै आएको छ । हाल बैंकले देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।
 

कमेन्ट लोड गर्नुस