सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटना हुँदा चालकको मृत्यु

२०७५ कार्तिक २९, ०३:५६

बाजुरामा जीप दुर्घटना हुँदा चालकको  मृत्यु भएको छ । जिल्लाको  बूढीगङ्गा नगरपालिकाको–२ बल्देको मोड नजिकै मार्तडी जांदैै गरेको से १ ज ५४३ नं को जिप दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय जिप चालक धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ । दुर्घटनामा परी गम्भीर घाईतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद र कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप सडकभन्दा करीब पाँच सय मिटर तल खसेको छ । 
 

कमेन्ट लोड गर्नुस