सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीको झोलुङ्गे पुल मर्मत शुरु

२०७८ साउन १२, १०:५१ रासस

कञ्चनपुर: दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत शुरु गरेको छ।

दैनिक छ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।

नगर प्रवक्ता सिजालीले भने, “पुल मर्मत शुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ।” बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ। आगामी दुई÷तीन दिनमा काम सकिने लक्ष्य रहेको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस