सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा अछाममा रक्तसमूह पहिचान

२०७८ साउन १२, ०६:११ खबर संवाददाता

अछाम: अछाम रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा अछाममा रक्त समूह पहिचान गरिएको छ।

रक्तसञ्चार सेवा स्थापना भएको दिनको सम्झना नेपाल रेडक्रस सोसाईटी र अछाम जेसिजको आयोजनामा ५५औँ रक्तसञ्चार सेवा स्थापना दिवस मनाइएको हो। दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा विभिन्न व्यक्तिहरुले आफ्नो रक्त समूह पहिचान गरी आवश्यक परेको बेला रक्तदान गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला अस्पताल व्यस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका मन्त्री ध्रुवकुमार शाहीले रेडक्रसले जिल्लामा रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको र यसलाई थप व्यवस्थित पार्दै लगिने बताए। 

कार्यक्रममा अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपाने, महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा जेसीजकर्मी मनकला न्यौपाने, अछाम जेसिजका पदाधिकारी, स्वास्थ्यकर्मी, रक्तदाता, विद्यार्थी लगातको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस