सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोना संक्रमण बढ्यो

२०७८ साउन १२, ०५:४९ रासस

काठमाडौँ: देशभर मंगलबार तीन हजार ८९९ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार आज १७ हजार ५१८ मा परीक्षण गर्दा तीन हजार ८९९ मा सङ्क्रमण पुष्टि भएको हो। यो सङ्ख्या सोमबारभन्दा ४७८ ले बढी हो। 

सङ्क्रमितसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत छ । 

सङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर आज एक हजार ७७८ फर्किएका छन्। योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ। निको हुने ९४.४ प्रतिशत रहेको छ। 

यसैगरी सङ्क्रमणबाट आज २२ जनाको निधन भएको छ। योसँगै निधन हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन्। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन्। यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन्। 

यसैगरी सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसियु) र १७१ जना भेन्टिलेटरमा छन्। होम आइसोलेशनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८९८ जना छन्। 
 

कमेन्ट लोड गर्नुस