सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक वडा कार्यालयमा तालाबन्दी

२०७८ साउन १२, ०४:३८ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आफूहरुलाई न्यून ज्याला दिएको भन्दै कामदाहरुले तालाबन्दी गरेका हुन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ सय १७ रुपैयाँका दरले ज्याला पाउनुपर्ने भएपनि आफूहरुलाई प्रतिव्यक्ति ६४ रुपैयाँका दरले मात्रै ज्याला दिएको कामदारहरुले बताएका छन्। 

१९ लाखको योजनामा काम कम भएको भन्दै नगरपालिकाबाट २ लाख मात्रै निकासा भएको छ। 

वडाअध्यक्ष पृथ्वीराज पन्तले कामको मूल्याकंनका लागि नगरपालिकाको रोजगार शाखामा पटक–पटक आग्रह गरेको भएपनि नगरपालिकाबाट प्राविधिक नआएको बताए। 

कमेन्ट लोड गर्नुस