सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौदेखि कर्मचारीले १० दिने भ्रमण विदा पाउने, ससुराली जान नपाउने

२०७८ साउन १२, ०३:५४ खबर संवाददाता

काठमाडौं : सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज विदा आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ। आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ।

काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर पायक पर्ने तथा माइती–ससुराली क्षेत्रमा भ्रमणको क्षेत्र रोज्न नपाउने निर्देशिकामा उल्लेख छ। निर्देशिकाले कर्मचारीले काज सुविधासँगै भ्रमण स्वीकृति र १० दिन बराबरको तलव सुविधा समेत प्रदान गर्ने जनाइएको छ। 

सरकारले विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै चालु आर्थिक २०७८÷७९ को बजेटमार्फत १० दिनको कर्मचारी भ्रमण काज छुट्टी दिने निर्णय गरेको थियो।  

कमेन्ट लोड गर्नुस