सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका युवाहरुको 'समाजका लागि सामाजिक अभियान'

२०७८ साउन १२, ०८:२१ खबर संवाददाता

धनगढी: बैतडीका युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा 'समाजका लागि समाजिक अभियान' नामक समूह स्थापना गरी विभिन्न समाजिक, धार्मिक एवम् भौतिक निर्माणका कार्य गरिरहेका छन्।

पाटन नगरपालिका -४ बगाडीका युवाहरुले प्रवासमा रहेका तिलक चन्दको नेतृत्वमा विभिन्न सामाजिक कार्यहरु गरिरहेका हुन्। युवाहरुको सो समूहले हालै मात्र उदयदेव ठाकुर गौरा माताको मन्दिरमा घेरपर्खाल पुनः निर्माण गरेको समूहका युवा नरेन्द्र चन्दले बताए। करिब १० लाख रकम संकलन गरी घेरपर्खाल पुनः निर्माण कार्य सम्पन्न गरिएको उनले बताए।

यस्तै सुर्नया गाउँपालिका -२ मा रहेको एशियाकै गहिरो गुफा पतालभुमेशवर धार्मिक पर्यटकीय स्थलको मुखयद्वार करिब ६ लाखमा निर्माण गरेो चन्द बताउँछन्। सो रकम पनि आफूहरुले सकंलन गरेको उनले बताए। स्थानीय सरकारले गर्न नसकेका कार्य युवाले स्वस्फुर्त रुपमा समाजिक सञ्जालबाट गर्नु सरकारका लागि चुनौतिको विषय रहेको उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस