सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक्सन खिच्दा विराज भट्ट घाइते, सुटिङ रोकियो

२०७८ साउन ११, ०६:१२ खबर संवाददाता

धनगढीः भोजपुरी फिल्म सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन्। भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ।

भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन्। विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ। केही दिनअघि फिल्म सुटिङ गर्न उनी लखनउ पुगेका थिए।

सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ। ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस