सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र द्वन्द्वमा लालपुर्जा विहिन भएका अछामवासीले अझै लालपुर्जा पाएनन्

१० बर्ष अघि सुरु गरिएको विशेष नाप नक्साको काम अधुरै 

२०७५ कार्तिक २८, ०४:५१

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीले आक्रमण गर्दा अछाम सदरमुकाम मंगलसैन ध्वस्त भएपछि लालपुर्जा विहिन भएका जिल्लावासीले अझै लालपुर्जा पाएका छैनन्। ध्वस्त भएर पुर्न नाप नक्सको काम सुरु भएको १० बर्ष वितिसक्दा समेत जिल्लावासीले लापुर्जा पाएका छैनन्। अझै सम्म पनि तत्कालीन ३१ वटा गाविसको नाप नक्सा बाँकी रहेको छ।  विभिन्न जिल्लामा तत्कालीन नेकपा (माओवादी) आक्रमणका क्रममा जलेका किसानका लालपूर्जा वितरणको काम शुरु भईसकेपनि अछाम जिल्लामा भने नाप नक्साको काम पनि अधुरै रहेको हो। 

२०५८ सालमा अछाम सदरमुकाम मंगलसेनमा माओवादीले आक्रमण गरेपछि मालपोत र नापी कार्यालय पनि ध्वस्त हुँदा लालपूर्जा विहिन भएका जिल्लावासीहरुले अहिले सम्म लालपुर्जा नपाएका हुन्। आर्थिक बर्ष २०६४÷०६५ बाटै पुनःनापीको कार्य थालनी गरिए पनि अहिलेसम्म लालपुर्जा वितरण गर्न नसकिएको जिल्ला मालपोत कार्यालय अछामका प्रमुख करन वहादुर शाहीले जानकारी दिए। ४४ वटा साविकका गाविसमा जग्गाको पुनःनापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जा लगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा लालपूर्जा वितरणमा समस्या भईरहेको छ। ज

ग्गा नापी भएर पनि दर्ता नभएका कारण स्थानीय विभिन्न सरकारी सेवा सुविधाबाट वञ्चित छन् भने राज्यकोषलाई पनि वार्षिक लाखौँ रकम नोक्सानी भइरहेको विशेष नापी कार्यालय अछामका अमिन राजेन्द्र भट्टले बताए। लालपुर्जा नहुँदा ठुलो व्यापार व्यवसाय त परै जाओस् सामान्य कृषि ऋण लिनबाट पनि जिल्लावासीहरु वञ्चित हुनु परेको छ। विशेष नापी टोलीले ४४ वटा तत्कालीन गाविसको जग्गा नाप नक्सा गरिसकेको भएपनि धेरैलाई पुरानो कागजात केही पनि फेला नपर्दा समस्या भइरहेको छ। नापनक्सा भए पनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकिने विशेष नापी अछामको अडान छ । अझै पनि साविकका ३१ वटा गाविसको नाप नक्सा बाँकी रहेकोले नाप नक्सा सक्नै झण्डै एक बर्ष लाग्ने देखिएको छ।
 

कमेन्ट लोड गर्नुस