सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा थप २ व्यापारी पक्राउ

२०७८ साउन ११, ११:५६ खबर संवाददाता

धनगढी: बैतडीमा मन्दिरको सुन चोरी प्रकरणमा थप दुई जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चोरिको सुन खरिद गर्ने दशरथचन्द नगरपालिका -४ गढीका सुनचाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल रहेका प्रहरीले जनाएको छ। गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत रहेका बताइएको छ।

प्रहरीले यसअघि चोरिको सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरेको थियो। बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरबाट गत पौषमा ९ तोला सुन चोरी भएको थियो।

प्रहरीले सुन चोरी गर्ने चार जनालाई पक्राउ गरिसकेको छ भने उनीहरुको साथबाट पौने चार तोला सुनसमेत बरामद गरेको छ।

कमेन्ट लोड गर्नुस