सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैंकद्वारा ६३ जना कर्मचारी माग, यसरी दिनुस आवेदन

२०७८ साउन १०, ०६:११ खबर संवाददाता

काठमाडौं: नेपाल राष्ट्र बैंकले विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी ६३ जना कर्मचारीको माग गरेको छ। बैंकमा ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्। 

सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना र ३० जना कार्यालय सहयोगी बैंकले माग गरेको हो। आवेदन दिन इच्छुक आवेदकले साउन २४ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ।

कमेन्ट लोड गर्नुस