सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोदा नदीमा पुल नहुँदा आवतजावतमा सास्ती

२०७८ साउन १०, १२:२६ खबर संवाददाता

भुपेन्द्र महरा, लालझाडी : कञ्चनपुरको लालझाडी गाउँपालीका वडा नम्बर ४ सिगलपट्टी जाइको दोदा नदीमा पुल नहुँदा आवतजावतमा सास्ती भएको छ। पुल नहुँदा नदी वारपार गर्न सास्ती भएको हो।

पुल नहुँदा गाउँपालीका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकी जान समस्या भएको स्थानीय प्रकाश एसकेले बताए।

‘निर्माणधिन अवस्थामा रहेको झोलुङगे पुल बाढीले बगाएको थियो,’ उनले भने। उता पुल निर्माणको ठेक्का पाएको थामी निर्माण सेवाका सञ्चालक पुष्प दाहालले कार्तिक मसान्तसम्म झोलुङ्गे पुल निर्माण सम्पन्न हुने बताए।

निर्माणाधिन अवस्थामा रहेको पुलको पिल्लर बग्नुमा आफ्नो दोष नभएको उनले दाबी गरे। पूर्वाधार विकास कार्यालयको ४ करोड ३३ लाख ९२ हजार बजेटमा पुल निर्माण भइरहेको हो।

०७७ मंसिर १० गते ठेक्का सम्झौता भएको थियो। सुरुमा ३५५ मिटर लम्बाइ भएको पुल बनाउने भन्दै डिजायन गरिएकोमा बाढीले दायाँ पट्टि रहेको ब्लक भत्काएपछि १०८ मिटर लम्बाई बढाएर पुल निर्माण भइरहेको छ।

कमेन्ट लोड गर्नुस