सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता

२०७८ साउन १०, १२:२४ खबर संवाददाता

बझाङः  बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्। आइतबार बिहान  करिब ७ बजे  जयपृथ्वी नगरपालिका  ११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

स्थानीयले कपडेको झोलुङ्गे पुलनेरबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको छ। हामफाल्नुको कारण भने अझैसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  रूपक खड्काले बताए।

जोशीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस