सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रियंकाकी सासु लेख्छिन्,‘बिकिनीमा प्रियंका झनै सुन्दरी’

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १०, १२:१३ खबर संवाददाता

काठमाडौँः अभिनेत्री प्रियंका कार्कीले गर्भावस्थामा सार्वजनिक गरेको तस्बिरलाई लिएर सामाजिक संजालमा विभिन्न टिका टिप्पणी भइरहेका छन्। टिकाटिप्पणी सकारात्मक तथा नकारात्मक दुवै प्रकारका छन्।

सामाजिक संजालमा कतिपयले प्रियंकाको क्रियाकलाप महिला सशक्तीकरणसँग जोडेर चर्चा गरेका छन् भने कतिपयले सामाजिक विकृति समेत भनेका छन्। प्रियंकाको यो क्रियाकलापको बिषयमा भने अधिकांश कलाकर्मी मौन छन्। तर प्रियंकाको परिवारले भने उनको साथ दिएका छन्। प्रियंकाकी सासु रविनाले देशराज श्रेष्ठले समेत प्रियंकाको खुलेर साथ दिएकी छन्। 

रविनाले सामाजिक संजाल मार्फत एउटी गर्भवती महिलाको शरिर र बिकिनीमात्र देख्ने तपाई गलत भएको समेत बताएकी छन्। उनले बुहारी प्रियंकाको समर्थन गर्दै बिकिनीमा प्रियंका अतिरिक्त सुन्दरी देखिएको भन्दै प्रशंसा समेत गरेकी छन्। उनले भनेकी छन् ‘उनी बिकिनी रुचाउँछिन् र यसमै आरामदायी र खुशि महसुस गर्छिन्।’

कमेन्ट लोड गर्नुस