सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुदृष्टि तिम्रो किन बालमाथि ?

२०७८ साउन १०, ११:३५

मान्छे हुँदा चित्र, छ भित्र जाली
बाँची रहेको रिसराग पाली ।
माया दयायुक्त न भाव जाग्छ
यी तुच्छभन्दा पशु उच्च लाग्छ ।।

के साँझ, राती, दिन के बिहान
हुन्छन् बलत्कार तमाम बाल ।
ठुला हुँदा मान न स्नेह साना
निर्धा भए ज्यान हुने अचाना ।।

हत्या गरी, बालकमाथि भोग
पिशाचभन्दा पनि उग्र सोच ।
गिद्धेपना, मानव बाह्य चोला
यस्तो कुनै दन्त्य कथा नहोला ।।

कुदृष्टि तिम्रो किन बालमाथि ?
फलाम वा पत्थर के छ छाती ?
मान्छे कुनै राक्षस भै उदायो
देखेर बाच्छो मृगले कुदायो ।।

कमेन्ट लोड गर्नुस