३१ सय १४ संक्रमित थपिए, १६ जनाको मृत्यु
२०७८ साउन ९, ०५:०६
काठमाडौं: पछिल्लो २४ घन्टामा देशभर ३ हजार १ सय १४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस बीचमा १४ हजार ९ सय १० जनाको परिक्षण गर्दा ३ हजार १ सय १४ जना नयाँ संक्रमित भेटिएका हुन्।
यस्तै, आज थप १६ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन्।
कमेन्ट लोड गर्नुस