सुदूर नेपाललाई विश्वसँग जोड्दै

जय गुरुवर्ग

२०७८ साउन ९, १०:३९ खबर संवाददाता

मैले बनाएको मन्त्रमा हजुरहरु चौँथोमा पर्नुहुन्छ
मलाई माफ गर्नुहोला, म हजुरहरुको उत्कृष्ट विद्यार्थी बन्न सकिन

कति प्यारा थिए ती दिन जुनबेला
चौधरी सर रुखको छहारीमुनि हामीलाई बसालेर कथा सुनाउनुहुन्थ्यो

कति याद आउँछ त्यो बेलाको जुन बेला सर म्याडमहरु 
ध्यान दिएर सुन र बुझ होइ नत्र पछी गएर सम्झना आउँछ भन्नुहुन्थ्यो

सानोमा स्कुलको चौरमा स्कट घुमाउँदा आफू नी जोरजोरले घुम्ने 
अनि त्यही चौरमा ढलेर आकास हेर्दा आकाश घुमेको देखिन्थ्यो
अहिले महसुस हुन्छ त्यो आकाश घुमेको होइन रिङ्गटा आएको पो रहेछ

हजुरहरुबाट धेरै कुरा सिकेकी छु, 
जसरी हजुरले सबै विद्यार्थीलाई गर्ने माया एकनासको थियो 
त्यसैगरी म पनि सबैलाई समान माया गर्ने भएकी छु

म सबैकी प्यारी भएकी छु त भन्दिन 
बोल्नको त म अहिले नि छुच्चि नै छु है

त्यो बेला हजुरहरु प्यारी  मोटि, डल्ली भन्नू हुन्थ्यो नि 
त्यसैले ठुला बडाले नि मेरो नाम राखेका छन्

दिन त म के नै सकुँला र माया बाहेक 
तर हजुरको विद्यार्थी भनेर हजुरहरुलाई 
कहिले लज्जित बनाउने काम गर्ने छैन।

कमेन्ट लोड गर्नुस