सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा थप १० बेडको कोभिड वार्ड सञ्चालनमा

२०७८ साउन ९, ०८:१४ खबर संवाददाता

धनगढी: बैतडीमा थप १० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ।

जिल्ला अस्पताल बैतडीमा यसअघि १८ बेडको कोभिड वार्ड सञ्चालनमा रहेकोमा अब थप १० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याइएको हो। कोरोना भाइरसको तेश्रो लहर पनि आउन सक्ने भनिएकाले पूर्व तयारीका रुपमा उक्त कोभिड वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

जिल्ला अस्पतालको निर्माणाधिन नयाँ भवनमा सो वार्ड सञ्चालनमा ल्याइएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस