सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत

२०७८ साउन ८, ०४:४७ खबर संवाददाता

बैतडी: बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ। जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ बर्षीय खेट्टी मल्लको रहेको बैतडी प्रहरीले जनाएको छ। 

मल्ल बिहीबार भागेश्वरबाट माइतीघर बैतडीको मेलौली ५ सेरी आउन लागेको बुझिएको छ। माइती घर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन्। उनको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। 


 

कमेन्ट लोड गर्नुस