सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासमा मदिरा बिक्री वितरणमा रोक

२०७८ साउन ८, ०२:४९ खबर संवाददाता

बैतडी: बैतडीको सिगास गाउँपालिकाले मदिरा बेचबिखनमा रोक लगाएको छ। मदिरा बेचबिखनमा रोक लगाउदै पालिकालाई मदिरा निषेधित घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको नवौं गाउँसभाले यस्तो निर्णय गरेको हो। पालिकामा लाइसेन्स लिएका मदिरा व्यवसायीहरुलाई पनि लाइसेन्स खारेज गर्न आग्रह गरिएको छ।

यस्तै मदिराको लाइसेन्स नवीकरण नगर्नसमेत सबैलाई सूचित गराईएको बताईएको छ।

कमेन्ट लोड गर्नुस