सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध महाकाली लोकमार्ग सुचारु

२०७८ साउन ८, १२:२३

बैतडी: पहिरोका कारण अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ। लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडकखण्ड अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ बसालीमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

सडकमा खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। सडक सुचारु भएसंगै सवारी साधन सञ्चालनमा आएका छन्। 

कमेन्ट लोड गर्नुस