सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भालुको आक्रमणबाट एकजना घाइते

२०७८ साउन ७, ०६:३२ खबर संवाददाता

धनगढी : अछाममा भालुको आक्रमणबाट एकजना घाइते भएका छन। जिल्लाको कमलबजार नगरपालिका ६ बिरपथ डुप्केका देबिराम ढकाल भालुको आक्रमणबाट घाइते भएको जिल्ला अछाम प्रहरीले जनाएको छ।

अछाम स्याउले नजिकैको जंगलमा ढकाललाई भालुले आक्रमण गरेको बताईएको छ। ढकालको अनुहारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

ढकाल बुढाखोला सामुदायिक वनका रक्षकसमेत हुन्। उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ।

कमेन्ट लोड गर्नुस