सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा छाउपडि प्रथाविरुद्ध म्यूजिक भिडिओ

२०७८ साउन ७, ०९:०९ खबर संवाददाता

धनगढी: बाजुरामा छाउपडि प्रथाविरुद्ध सन्देश प्रवाह गर्ने हेतुले तयार पारिएको म्यूजिक भिडिओ सार्वजनिक गरिएको छ।

सुदूर साहित्य प्रतिष्ठानले छाउपडि प्रथाका समस्यामा केन्द्रित भई निर्माण गरिएको सचेतनामूलक देउडा गीतको भिडिओ सार्वजनिक गरेको हो। प्रतिष्ठानले एक्सन एड नेपाल, ईडीसी, पिसविन र एचआरसी बाजुरासहितका गैर सरकारी संस्थासंगको सहकार्यमा गीत तथा भिडियो तयार पारेको बताइएको छ। भिडिओ बुधबार (हिजो) खप्तड डिजिटल म्यूजिक प्रालिको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडिओको परिकल्पना तथा संयोजन प्रतिष्ठानका सचिव कृष्ण ओलीको रहेको छ भने गीतमा गायीका रेखा जोशी, शर्मीला बिसी र हर्क खडायतको आवाज रहेको छ। गीतलाई राजेन्द्र हाह विपिले लेखेका हुन्। त्यस्तै गीतमा विनोद बाजुरालीको लय र संगीत सिर्जना रहेको छ। भीम थापाको भिडिओ निर्देशन र डिबी रौलेले छायाङ्कन गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस