सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषण

२०७८ साउन ७, ०८:१३ खबर संवाददाता

धनगढी: दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ। जिल्लामा ६ महिना देखि ५९ महिनासम्मका १ हजार ३२९ बालबालिकामा कडा र ३ हजार ८७६ बालबालिकामा मध्यम खालको गरी ५ हजार २०५ जनामा कुपोषण देखिएको हो।

जिल्लाको महाकाली नगरपालिकामा रहेका १ हजार ७१४ जना बालबालिकामध्ये ६ सय ८४ जनामा कुपोषण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। त्यसैगरी शैल्यशिखर नगरपालिकाका २ हजार १२० जना बालबालिकामध्ये ८४६ जना, अपि हिमाल गाउँपालिकाका ६८० बालबालिकामध्ये २७१, मार्मा गाउँपालिकाका १ हजार ७२९ बालबालिकामध्ये ६९०, नौगाड गाउँपालिकाका २ हजार ५२ बालबालिकामध्ये ८१८ कुपोषण देखिएको छ।

त्यसैगरी मालिकार्जुन गाउँपालिकाका १ हजार ४४१ बालबालिकामध्ये ५७१, लेकम गाउँपालिकाका १ हजार ४०९ बालबालिकामध्ये ५६२, दुहुँ गाउँपालिकाका १ हजार बालबालिकामध्ये ३९९ र व्यासँ गाउँपालिकाका ९०३ बालबालिकामध्ये ३६० जनामा कुपोषण देखिएको छ। हाल ४८ जना कुपोषित बालबालिकाको उपचार भइरहेको र जिल्लाका ३ प्रतिशत बालबालिकाको जेड स्कोर निकाल्ने काम सकिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस