सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा नेपाल लोकदोहोरी कार्यक्रम ‘लेक्सिनटन दोहोरी’

२०७८ साउन ६, ०७:०७ खबर संवाददाता

काठमाडौँ: अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा नेपाली लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू हुने भएको छ। नेपाली फिल्म निर्देशक सुमन दाहालको सक्रियतामा त्यहाँ लोक दोहोरी कार्यक्रम सुरु भएको हो।

कार्यक्रममा गायक हिम कुँवर, सन्दिप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली, युवराज ढुङ्गाना, बिष्णु डुम्रे र गायिकाहरूमा रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा, सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्मदा खरेल, सरिता मरासिनीलगायतको प्रस्तुति तथा सहभागिता रहेको छ। 

नेपाली वाद्यवादनसहित प्रस्तुत हुने कार्यक्रममा मादलमा गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी, गितारमा कृष्ण राना, तबलामा उद्धवराज उप्रेती रहेका छन्। पवन गौतमको छायाँकन, सुमन दाहालको निर्देशन रहेको ‘लेक्सिनटन दोहोरी’ कार्यक्रम सम्राट क्रियशन च्यानलबाट समेत प्रसारण हुने निर्देशक दाहालले बताए । सुमनले यसअगाडि केही नेपाली फिल्म र दर्जन बढी म्युजिक भिडियो निर्देशन गरेका छन्।
 

कमेन्ट लोड गर्नुस