सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ हजार ८३८ सङ्क्रमित थपिए

२०७८ साउन ६, ०६:३० रासस

काठमाडौँः आज देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४५५ पुगेको छ भने छ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीे जानकारी दिए। 

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८३२ रहेको छ । उनका अनुसार नेपालमा सङ्क्रमणदर १९.२ प्रतिशत रहेको जानकारी दिए। पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई सङ्क्रमण भइरहेको उनले बताए। एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा सङ्क्रमण भइरहेको छ। 

यस्तै आज ३० जनाको सङ्क्रमणका कारणले निधन भएको छ। योसँगै नौ हजार ६३७ जना सङ्क्रमणका कारणले निधन भएका छन्। 

कमेन्ट लोड गर्नुस