सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिना पानीको दमकल आगो निभाउन

२०७५ कार्तिक २५, ०२:०९ सीपी लोहीया

बैतडीको पाटन नगरपालिका ४ बस्ती जोलाबाँजका शेरसिँह महराको खरको थुप्रो र परालमा आगलागि हुदा करीव ७० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ। आगो लागेर १२ थुप्रो पराल तथा खर, ४ थुप्रो मकैको घोगा, २० भारी दाउरा जलेर नष्ट भएको छ। आज बिहान साढे ४ बजे आगो लागेको घर परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय पाटन बैतडीबाट प्रहरी गएका इन्चार्ज राजेन्द्रबहादुर सिंहले जनकारी दिए।  
आगलागि भएको खबर पाउने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो। तर  दमकलमा पानी थिएन। पानी नभएका कारण फेरी फर्केर पानी भरेर दमकल ल्याइएको थियो। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयबासीले असन्तुष्टी जनाएका छन्। 
स्थानिय शिक्षक रमेश सिंह महराका अनुसार बिहान साडे ४ बजे आगो लागेको भएपनि साढे ६ बजे मात्रै बिना पानीको दमकल त्यहाँ पुगेको थियो।  दमकलमा पानी नभएकाले फिर्ता गएको र दोश्रो पटक सवा १ घण्टा पछि मात्रै दमकल पानी भरेर घटनास्थल पुगेको थियो। गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्मा गरेको पराल र खर आगलागिबाट जलेर नष्ट भएको छ। आगो कसले लगाएको भन्ने पत्ता लागेको छैन् ।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस