सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन महिनामा कर्जा प्रवाह भएन

२०७८ साउन ५, ०५:१७ रासस

 

सोलुखुम्बु: धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन्। सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेका थिए। उनले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे।

उनले भगवतीपुर–६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी रु १८ लाख ३० हजार ६०० कर्जाका लागि माग गरेकाे बताए।

अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बँैकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस