सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा फरार प्रतिवादी पक्राउ

२०७८ साउन ५, ०४:५७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। 

चार महिना र चार हजार रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका -१५ का रमेश साउद पक्राउ परेका हुन्। उनलाई कञ्चनपुर जिल्ला अदालतले २०७३ असार ६ गते फैसला सुनाएको थियो।

त्यसपछि फरार रहेका उनलाई मंगलबार पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस