सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेग्मी कर्जा उप-समितिको सदस्यमा नियुक्त

२०७८ साउन ५, ११:३७ खबर संवाददाता

धनगढीः हेमन्त रेग्मी कञ्चनपुर जिल्ला कर्जा उप–समितिको सदस्यमा नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालय मातहमतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका निमित्त कार्यकारी निर्देशक नारायण दत्त देवकोटाले रेग्मी र कमल रोकायालाई सदस्यमा नियुक्त गरेको जानकारी दिए।

उनीहरुलाई जिल्लाको कर्जा असुली उप–समितिका संयोजकसँग समन्य गरेर काम गर्न निर्देशन दिइएको छ। उनीहरुलाई साउन ३ गते नियुक्त गरिएको हो।

कमेन्ट लोड गर्नुस