सुदूर नेपाललाई विश्वसँग जोड्दै

तपाईलाई डिप्रेशन त भएको छैन ? यसरी थाहा पाउनुस

२०७८ साउन ५, ११:३६ खबर संवाददाता

काठमाडौं : मानिसमा कुण्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेशन पैदा गर्दछ। धेरैलाई डिप्रेशनको लक्षण देखिएको लामो समयपछि थाहा हुन्छ। 

यस्ता छन् लक्षण
– कुनै पनि काममा मन नलाग्नु
– आत्महत्या गर्ने सोच आउनु र बारम्बार आउनु
– निद्रा नलाग्नु
– आत्मविश्वासमा कमी आउनु
– भोक नलाग्नु
– अपराध बोध महसुस भइरहनु
– हमेशा उदास रहनु
– यौन उत्तेजना नहुनु
– म केही होइन भन्ने महशुस हुनु
– मादक पदार्थ सेवन बढि गर्नु
– एकाग्रतामा कमी आउनु
– थकान र सुस्तता महसुस हुनु

डिप्रेशनबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको खुलेर कुराकानी गर्नु हो। यसका लागि आफ्नो नियमित जीवनलाई व्यस्त बनाउने, मानिससंग घुलमिल बढाउने, आत्मबल बढाउने र आफु र आफ्नो शरीरलाई समय दिनुपर्छ। प्रशस्त व्यायाम, निन्द्रा, भोक जगाउने प्रयास गर्नुपर्छ।  

कमेन्ट लोड गर्नुस